गजल – “जब लत लाग्छ” – राकेश कार्की
जब लत लाग्छ
गरिरहन मन लाग्छ जब लत लाग्छ
तब मात्र थाहा हुन्छ जब खत लाग्छ
थाहा हुदैन सोचिदैन त्यही राम्रो जस्तो
रमाइलो भए पुग्छ त्यही घत लाग्छ
नेतालाई देश आफ्नै बाउको संपति जस्तो
जड्याहालाई घरको नाली पनि छत लाग्छ
आफूलाई भलो गर्ने माया गर्नेको
सल्लाह सुझाव पनि फत फत लाग्छ
दशा बिग्री छाँगाबाट जब ऊ खस्छ
मुटु मन सबै पोलेर भत भत लाग्छ
(८ र ५ अक्षरमा विश्राम)
राकेश कार्की
लस एन्जेलस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment