भारतमा ज्यान गुमाउनेको संख्या १६० पुग्यो, ५३५१ जना संक्रमित

डिसी नेपाल
२६ चैत २०७६ ९:०४

काठमाडौँ । कोरोना भाइरको संक्रमणबाट छिमेकी मुलुक भारतमा एकै दिन २४ जनाको ज्यान गएको छ। यो सँगै भारतमा ज्यान गुमाउनेको संख्या १६० पुगेको भारतीय स्वास्थ्य विभागले जनाएको छ।

विभागले राति दुई बजे अपडेट गरेको सूचना अनुसार हिजो मंगलबार मात्रै ५७३ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको छ। १ लाख ४० हजार २ सय ९३ जनाको कोरोना टेस्ट गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

कारोना भाइरसको महामारी सँगै भारतमा १५ दिनदेखि लकडाउन जारी छ ।

विश्वका १०९ देश र दुई वटा अन्तराट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट १४ लाख ३० हजार ५ सय १६ जना मानिस संक्रमित भएका छन् ।

जसध्ये हालसम्म ८२ हजार १९ जना मानिसको ज्यान गइसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *