ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

डिसी नेपाल
५ वैशाख २०७७ ८:१४

काठमाडाैं। चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन्।

व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए। दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ। के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । अबको एक घण्टामा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए। निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *