डेरामा बस्ने नर्सको कथा

डिसी नेपाल
१४ जेठ २०७७ १२:५६

सृजना श्रेष्ठ 

बरु मलाई नछुनुस, मेरो नजिक नआउनुस म खुसी हुन्छु

किनकि म एक नर्स हु तर अनुरोध छ घृणा नगरिदिनुस।

२४ सै घन्टा काम गरेर आएको हुन्छु

बरु परै बसेर ढोका खोलिदिनुस

किनकि म एक नर्स हु।।

 

सधैं झै संगै बसेर हालचाल नपुच्छ्नुस तर बिन्ती

टादै देखि भए पनि आशिर्वाद र मनोबल बढाइदिनु

किनकि म एक नर्स हु।।

 

सधैं झै कोठामै खाना साटासाट गर्ने, धेरै समय गफ गर्दै

सुख दुख नसाटनुस तर बिन्ती घरमै न आउन आग्रह नगरिदिनुस

किनकि म एक नर्स हु ।।

 

हो मलाई कोरोना पोजेटिभ छैन हुन्न भन्न पनि सकिन्न

किनकि म आफ्नो ज्यानको प्रवाह नगरी अरुको ज्यान

बचाउन युद्ध लड्न हिडेकि एक नर्स हु।।

हो म नर्स हु।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *