जुम्ला क्वारेन्टिनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

डिसी नेपाल
२३ जेठ २०७७ १९:२२

जुम्ला । जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीया वृद्धाको रिपोर्ट नेगेटिभ आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको पिसिआर परीक्षण गरिएको थियो ।

परीक्षणबाट उनमा कोरोना नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टिनमा रहेका वृद्धाको बिहीबार राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *