युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाको साधारणसभा सम्पन्न
वासिङ्टन डिसी, अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले वार्षिक साधारण सभा भर्चुएल माध्यम (जुम )द्वारा सम्पन्न गरेको छ। यस अघि अर्गनाइजेसले कोभिड १९ का कारण साकेला पर्व स्थगित गरेको थियो ।
अर्गनाइजेसनकी केन्द्रीय सभापति मुना राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न वकताहरुले संस्थाको गतिविधि र संस्थाले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारे आ–आफ्नो मन्तब्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि जनजाति महासंघ (फिपना) का सभापति लोक चेम्जोङ्गले अमेरिकामा बस्ने आदिवासी जनजातिहरुले आफ्नो चासो र सरोकारका विषयहरु उठाउनुपर्ने बताए। उनले भने, “मृत संस्कृत भाषा नेपालका विद्यालयमा पढाउने सरकारी निर्णयले अन्य मातृ भाषका विद्यार्थीहरुलाई अन्याय हुन्छ। यसमा हाम्रो ध्यान जानु जरुरी छ।”
साधारणसभामा बोर्ड सल्लाहकारहरु शिब कुमार राईले अर्गनाइजेसनको अन्य संघ संस्थाहरु सँगको सम्बन्ध,धौल वीर राईले संस्थाले संस्कृति जगेर्ना सम्बंधमा खेल्नुपर्ने भूमिका, बिष्णु राइले युवाहरुमा संस्थाको महत्व, चुना राईले संस्थाले सदस्यता र आर्थिक पक्ष सम्बन्धमा खेल्नु पर्ने भूमिका,मिलन राईले अमेरिकामा संस्थाको बिस्तारीकरण, प्रभाकर राईले संस्थाको भविस्य र चुनौती, तेज राईले संस्थाको बिगत र वर्तमान, श्यामा राईले संस्थामा महिला हरुको भूमिका र सुरेश चाम्लिङ्गले आ–आफ्नो बिषय शिर्षकबारे प्रकाश पारेका थिए ।
बार्षिक प्रतिवेदनमा संस्थाले किराँत प्रदेशका लागि नेपाल सरकारलाई बुझाएको ज्ञापनपत्र, सिक्किमका पुर्व मुख्य मन्त्री पवन चाम्लिङ्गसंगको न्यु योर्कमा भेटघाट छलफल, कोभिड–१९ मा विभिन्न व्यक्तिहरुलाइ सहयोग गर्नुको साथै नेपालबाट अमेरिकामा आएर एफ-१ भिसामा रहने बिद्यार्थीहरुलाई नगद सहयोग, रक्तदान, यलम्बर नाइट लगाएतका कार्यहरु गरिएको थियो।
साधारणसभामा सभापति मुना राइले मानव जीवनको महत्वपूर्ण पाटो शिक्षा नै भएकाले आजका युवाहरुले शिक्षालाई जोड दिँदै मानव विकासका लागि आफ्नो संस्कार-संस्कृती समेत जगेर्ना गर्न आवश्यक रहेको बताएकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment