कुवेतबाट नेपाल फर्किनेले ४१० अमेरिकी डलरभन्दा बढी भाडा नर्तिन दूतावासको आग्रह

डिसी नेपाल
८ असार २०७७ १२:२३

कुवेत । कुवेतस्थित नेपाली राजदूतावासले कोरोनाको संक्रमणका बेला स्वदेश फर्किन चाहने नेपालीहरुले ४१० अमेरिकी डलरभन्दा बढी भाडा नतिर्न आग्रह गरेको छ ।

नेपाल सरकारले विदेशमा अलपत्र नागरिकलाई स्वदेश लैजाने निर्णय गरेसँगै केही ट्राभल्स एजेन्सीहरुले १९० केडी सम्म लिएको र त्यस्ता सूचना सामाजिक सञ्जालमा भाइरल भएको भन्दै दूतावासले सतर्क रहेर दूतावासका आधिकारिक सूचना हेर्न र आवश्यक प्रक्रिया पुरा गर्न अनुरोध गरेको हो ।

दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत स्वदेश फर्किन चाहने नेपालीहरुले सम्पूर्ण करसहित ४१० डलर (आजको भाउ अनुसार १२६ केडी) भन्दा बढी भाडा नतिर्न अनुरोध समेत गरेको छ ।

दूतावासले भनेको छ, “केही समयदेखि सामाजिक सञ्जालमा हिमालय एयरलाइन्सको उडान भाडा १९० कुवेती दिनार रहेको जसमा कोरोना जाँच समेत गरिने भनी प्रचार गरिएको बुझिन आएको छ । यस सम्बन्धमा दूतावासको कुनै भूमिका नरहेको तथा दूतावासद्वारा सूचित आधिकारिक सूचनामा उक्त जानकारी कहि कतै उल्लेख समेत नभएको दूतावास प्रष्ट पार्न चाहन्छ । साथै यस्ता भ्रामक समाचारहरुको पछि नलाग्नुहुन तथा दूतावासको आधिकारीक सूचनालाई मात्र विश्वास गर्नुहुन अनुरोध गर्दछौँ ।”

विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने सरकारको निर्णयसँगै कुवेतबाट एक हजार ५३० जनाले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *