कालिकोटमा फौजी किराको आतङ्कः किसान चिन्तित
कालिकोट। अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले कालिकोटका किसान चिन्तित बनेका छन्।
गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले अझ विस्तार भएको छ । पछिल्लो समय मकैबाली, कोदोखेती, धानबालीमा फौजी किराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
फौजी किराको आतङ्क जिल्लाभरी फैलिएको र त्यसको नियन्त्रणका लागि कृषि विकास कार्यालय कालिकोटले पहल चालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अमेरिकन फौजी किराको नियन्त्रणका लागि विषादी खरिद गर्ने प्रयास थालिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए ।
“कीराको बिगबिगी बढ्दै जाँदा किसानहरु त्रसित भएका छन्”, उनले भने, “आफ्नो खेतबारीमा लगाएको अन्नबाली कीराले नष्ट गरेपछि उनीहरुले कृषि विकास कार्यालयमा सम्पर्क गरेका छन् ।”
फौजी कीरा नियन्त्रणका लागि कार्यालयसक्षम रहेको किसानलाई कुनै त्रास नमान्न प्रमुख बस्नेतले सुझाव दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment