मकाउ र हङकङबाट ८२ नेपाली स्वदेश फिर्ता, एनआरएनए मकाउले ५० हजार माक्स पठायो

डिसी नेपाल
१३ असार २०७७ ९:१३

काठमाडौँ । कोरोना भाइसका कारण मकाउ र हङकङमा समस्यामा परेका ८२ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु शनिबार बिहान ३: ४५ बजे नेपाल एयरलाइन्सको पहिलाे चार्टर्ड उडानमार्फत काठमाडौँ फर्किएको हङकङस्थित महावाणिज्य दूतावासले जनाएको छ ।

सो उडानमा मकाउदेखि ६३ र हङकङदेखि १९ यात्रुु स्वदेश फर्केका हुन् । एनआरए मकाउका अध्यक्ष पूर्ण गुरुङका अनुसार कोरोना कारण सुरुमा मकाउबाट स्वदेश फर्कन दूतावासमा ७८ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६६ जनाले मात्रै आवश्यक प्रक्रिया पुरा गरेका थिए । तीमध्ये केही मानिस कोरोना परीक्षण नभएका कारण र अन्य व्यक्तिगत कारणले स्वदेश फर्कन पाएका छैनन् ।

मकाउका नेपाली शुक्रबार नै पानी जहाज चढेर हङकङ पुगेका थिए । मकाउबाट स्वदेश फर्किनेहरुमा कोरोनाका कारण त्यहाँ जागिर गुमाएका, भिसा सकिएर नविकरण नभएका, विरामी र २ जना गर्भवती महिला छन्।

उक्त विमानले लकडाउनका कारण नेपालमा रोकिएका (४ बालबालिका र दुई जना चाइनिज) गरी जम्मा १५९ जना हङकङवासी नेपाली सोही न्यारोवडीमा हङकङ फर्किएका थिए।

एनआरएनए मकाउले ५० हजार थान सिर्जिकल माक्स पठायो

एनआरएनए मकाउले ५० हजार थान सिर्जिकल माक्स नेपाल पठाएकाे छ ।

एनआरएनए मकाउको अनुरोधमा नेप्लिज बडि बिल्डिङ एण्ड फिटनेश एसोसियन मकाउका अध्यक्ष, एनआरएनए मकाउका खेलकूद समितिका प्रमुख तथा एसिया प्रशान्त क्षेत्रिय स्पोर्टश एकाडेमी कार्यदलका सदस्य श्रीजन बाबा भाइ (Lee Wai San), ब्रदर हुड एसोसियसन मकाउका अध्यक्ष बम लिम्बु तथा लालिगुुराँस एसोसियसन हङकङका संयोजक चेतन गुरुङको संयुक्त पहल र सक्रियता तथा समन्वयमा min Da construction Engineering company मकाउका managing Director mr Leong chin tung बाट नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री (५० हजार थान सर्जिकल मास्क) नेपाल पठाएकाे हाे।

उक्त सामग्रीका लागि महाबाणिज्यदूत गुरुङले विशेष पहल गरेका थिए। साथै नेपाल फर्किन लागेका यात्रुलाई हेल्पिङ ह्यान्डस् मकाउले निःशुल्करुपमा स्यानिटाइजर र मास्क उपलब्ध गराएको थियो।

सो सर्जिकल माक्सको मूल्य करिब २५ लाख रुपैयाँ रहेको छ । नेपाल आईपुगेको माक्स एनआरएनएले सरकारलाई हस्तान्तरण गर्ने कार्यतालिका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *