नेयमारको गोलमा पेरिस सेन्ट जर्माइनलाई १३ औं पटक फ्रेञ्च कपको उपाधि

डिसी नेपाल
१० साउन २०७७ २०:५१

काठमाडौं । पेरिस सेन्ट जर्माइन (पीएसजी)ले फ्रेञ्च कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । केही दर्शकलाई मात्रै रङ्शाला प्रवेशको अनुमति दिइएको खेलमा पीएसजीले सेन्ट–इटिनिमाथि १–० को सङ्घर्षपूर्ण जित हात पार्यो ।

फ्रान्समा कोभिड–१९ को सङ्क्रमण गत अप्रिल महिनामा सुरु भएयता यो पहिलो खेलकुद हो । नेयमारले खेल सुरु भएको १४ औँ मिनेटमा नै गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए । उक्त अग्रता नै पीएसजीलाई उपाधि दिलाउन निर्णायक हुन गयो । लोइक पेरीनले पीएसजीका म्बाप्पेलाई लडाउँदा सेन्ट इटिनि दश खेलाडीमा सीमित हुन पुगेको थियो ।

लडेपछि घाइते भएका म्बाप्पे रुँदै मैदान छोडेका थिए । घाइते भएका म्बाप्पे आगामी अगष्ट महिनाको लागि तय गरिएको च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेल्ने अनिश्चितता बढेको छ ।
नेयमारको गोलले पीएसजीलाई १३ औँ पटक फ्रेञ्च कप प्रतियोगिताको उपाधि दिलाउन सफल भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.