आर्सनलका डिफेन्डर मुस्ताफी एफए कपको फाइनलबाट बाहिर
काठमाडौं । इङल्यान्ड फुटबल क्लब आर्सनलका डिफेन्डर श्कोड्रन मुस्ताफीले ह्याम्स्ट्रिङ चोटका कारण अगस्ट १ मा हुने चेल्सी बिरुद्धको एफए कप फाइनल गुमाउने भएका छन।
विम्ब्ली स्टेडियममा गत हप्ता म्यानचेस्टर सिटी बिरूद्ध खेलेको खेलमा मुस्ताफी घाइते भएका थिए। सो खेल आर्सनलले खेल २–० ले जितेको थियो ।
“यो सिजनको बाँकी खेलहरुमा हामीलाई उनको कमि महसूस हुनेछ” आर्सनल क्लबले एक विज्ञप्तिमा भन्यो। उनको रिकभरीको बारेमा केही दिनमा जानकारी दिइनेछ।
२८ बर्षे मुस्ताफी सन २०१६ मा भ्यालेन्सिया क्लबबाट आर्सनलमा आएका थिए। हालको आर्सनल कोच माइकल अटेर्टाको निर्देशनमा उनले क्लबको अन्तिम १५ प्रिमियर लिग खेल मध्ये १२ खेल खेलेका छन्।
एफए कप फाइनल आर्सनलको युरोप लिगमा पुग्ने अन्तिम मौका हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment