भारतमा आफ्नै पिताको हत्या अभियोगमा नेपाली युवती पक्राउ

डिसी नेपाल
२२ साउन २०७७ ८:३९

काठमाडौं। भारतमा एक नेपाली युवती आफ्नै पिताको हत्याको आरोपमा पक्राउ परेकी छिन् । हिन्दूस्तान टाइम्सका अनुसार हिमाचल प्रदेशको किन्नौर जिल्लामा ती युवती पक्राउ परेकी हुन् । २४ वर्षकी आरती सिंह नामकी ती युवतीले आफ्ना पिता ५२ वर्षका सागर सिंहको चक्कु प्रहार गरेर हत्या गरेको समाचारमा जनाइएको छ ।

आरतीले देत औंग्रामा आफुहरु भाडामा बस्दै गरेको घरमा पिताको अत्या गरेको बताइएको छ । अगष्ट ३ को राती पितालाई चक्कु प्रहार गरेपछि आरतीले उनलाई लिएर भाभानगरमा रहेको सामुदायिक स्वास्थ्य केन्द्र पुर्याएकी थिइन् जहाँ उनका पितालाई मृत घोषित गरिएको थियो ।

उनका पिता त्यहाँ ८ महिना अघिदेखि बसिरहेका थिए । अगष्ट २ मा उनकी पत्नी र छोरी पनि शिमलाबाट उनीसँगै बस्नको लागि त्यहाँ आएका थिए । सोमबार रात िबाबुछोरीको विवाद भएको थियो र यही विवादका क्रममा आरतीले पितालाई चक्कु प्रहार गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *