कोरोनाभाइरसको पहिलो भ्याक्सिन भोलि आउँदै ! डब्लुएचओ र भ्याक्सिन विकासकर्ता के भन्छन् ?

डिसी नेपाल
२७ साउन २०७७ १०:१२

काठमाडौं। विश्वकै पहिलो कोरोना भ्याक्सिन भोलि आउँदैछ । भोलि अगष्ट १२ मा यो भ्याक्सिन दर्ता गर्नको लागि पूर्ण तयारी अवस्थामा छ । रुसले विकास गरेको यो भ्याक्सिन दर्ता गर्नुभन्दा पहिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो भ्याक्सिनको विश्वसनीयतामा प्रश्न उठाइसकेको छ । यी प्रश्नको भ्याक्सिन विकासकर्ता वैज्ञानिक र रुसका अधिकारीहरुले जवाफ दिएका छन् ।

रुसको भ्याक्सिन ‘गाम–कोभिड–भ्याक ल्यो’लाई रुसको रक्षा मन्त्रालय र गेमालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले मिलेर तयार गरेको हो । यो विश्वको पहिलो सफल भ्याक्सिन प्रमाणत हुने दावी गरिएको छ । सेप्टेम्बरबाट यसको उत्पादन गर्ने र अक्टोबरदेखि आम सर्वसाधारणलाई दिने तयारी भइरहेको छ । रुस सरकारले आफूहरु भ्याक्सिनको विकासक्रममा अन्य देशहरुभन्दा महिनौं अगाडि भएको दावी गरेको छ । यही महिना अन्तिम चरणको ठूलो स्तरमा तीन अरु ट्रायल गरिनेछन् ताकि भ्याक्सिनको अर्को टेस्ट गर्न सकियोस् ।

यो भ्याक्सिनका विषयमा विश्व स्वास्थ्य संगठनसहित कैयौं भाइरस विशेषज्ञले प्रश्न उठाएका छन् । उनीहरुले यस्ता मानिसहरु जसमा एन्टिबडी बनिरहेका छन् उनीहरुका लागि यो भ्याक्स्नि खतरनाक हुन सक्ने चेतावनी दिएका छन् । रुसका संक्रामक रोग विशेषज्ञ अलेक्जेण्डर चेपुरनोभले भ्याक्सिनको ट्रायलको डाटा र विस्तृत जानकारी उपलब्ध नगराइएकोप्रति प्रश्न उठाएका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि रुसले बनाएको भ्याक्सिनका विषयमा कैयौं प्रश्न उठाएको छ । संगठनलाई भ्याक्सिनको तेस्रो चरणको ट्रायललाई लिएर आशंका छ । संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरले एक प्रेस ब्रिफिङको क्रममा यदि कुनै भ्याक्सिनको तेस्रो चरणको ट्रायलबिना उत्पादनको लागि लाइसेन्स जारी गरिएका त्यसलाई खतरनाक मानिनुपर्ने बताएका थिए ।

गेमालेया नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्जेण्डर गिंट्सबर्गका अनुसार वैज्ञानिकहरुले जुन कोरोनाको कण भ्याक्सिनमा प्रयोग गरेका छन् त्यसले शरीरलाई नोक्सानी गर्दैन । यी कणले शरीरमा आफ्नो संख्या बढाउँदैनन् । भ्याक्सिन लगाएपछि केही व्यक्तिहरुमा ज्वरो आउने स्थिति हुन सक्छ तर यस्तो प्रतिरोधी क्षमता बढेका कारण हुन्छ । यो साइड इफेक्टलाई सजिलै सिटामोल प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *