त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

डिसी नेपाल
३० साउन २०७७ १३:४८

काठमाडाैं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो।

‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले डिसी नेपालसँग भने, ‘कसकसलाई देखिएको हो, त्यो पुष्टि हुन बाँकी छ। भेरिफाइ गर्ने काम गर्दै छौँ।’

योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमितको संख्या २२ पुगेको छ। यसअघि बुधबार टिचिङका ६ जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको थियो । अहिले अस्पतालको इमरजेन्सी विभाग बन्द छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *