चीनद्वारा पाकिस्तानलाई एक हजार भेन्टिलेटर सहयोग प्रदान
इस्लामावाद। चीनले पाकिस्तानलाई सहयोगस्वरुप एक हजार भेन्टिलेटर उपलब्ध गराएको छ। पाकिस्तानी राष्ट्रिय प्रकोपको व्यवस्थापन व्युरोका प्रमुख मुहाम्मद अफजारले हालै पाकिस्तानको राजधानीमा भएको एक कार्यक्रममा चीन सरकार र चिनियाँ जनताप्रति कृतज्ञता ज्ञापन गरेका छन्।
अफजारले उक्त हस्तान्तरण समारोहमा चीन सरकार र चिनियाँ जनताले कोरोना भाइरस महामारी बिरुद्ध पाकिस्तानलाई निरन्तर र ठूलो सहायता दिएको भन्दै पाकिस्तानलाई महामारीको रोकथाम तथा नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गरेको बताए।
पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले चीन सरकारले पाकिस्तानलाई महामारीको बिरुद्धका कार्यमा महत्व र समर्थन दिएको कुरा बताए।
पाकिस्तानका लागि चिनियाँ राजदूतावासको तथ्याङ्कअनुसार, चालु वर्षयता चीन सरकारले एकपछि अर्को गरी पाकिस्तानलाई सात पटक स्वास्थ्यसामग्री उपलब्ध गराएको छ। ती सामग्रीमा मास्क, सुरक्षा पोशाक, भेन्टिलेटर, सुरक्षित चश्मा, पन्जालगायतका समावेश छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment