पराजुलीको पुस्तक फ्रान्सको ‘फर्स्ट नोवेल पुरस्कार’का लागि मनोनित

डिसी नेपाल
२५ भदौ २०७७ ९:११

काठमाडौं। नेपाली जनजीवनका बारेमा साहित्य लेख्दै आएका लेखक प्रज्वल पराजुलीको उपन्यास ‘ल्याण्ड ह्वेर आइ फ्ली’ फ्रान्सको प्रसिद्ध ‘फर्स्ट नोवेल पुरस्कार’का लागि मनोनित भएको छ । मूल रुपमा अंग्रेजी भाषामा लेखिएको यो उपन्यासको फ्रेन्च अनुपाद यो प्रतिष्ठित पुरस्कारका लागि मनोनयनमा परेको हो । लेखक पराजुली नेपाली आमा र भारतीय पिताका छोरा हुन् । सिक्किमको गान्तोकमा जन्मिएका पराजुली अहिले न्यूयोर्क र कलकत्तामा बस्दै आएका छन् ।

द सिक्किम क्रोनिकलका अनुसार दुई हप्ता अघि मात्र उनको यो उपन्यासले ‘एमिली गुइमेट पुरस्कार’को मनोनयनमा पनि स्थान बनाएको थियो । यो पराजुलीको पहिलो उपन्यास हो । यो उपन्यासले यतिसम्म लोकप्रियता पाएको थियो कि यसलाई बेलायतमा त्यहाँको इन्डिपेन्डेन्ट अखबारले, अमेरिकामा त्यहाँको कान्सास सिटी स्टारले, भारतमा द हिन्दूस्तान टाइम्स र अन्य प्रकाशनहरुले ‘वर्ष पुस्तक’को रुपमा छानेका थिए । भोग इण्डियाले छानेका दक्षिण एसियाका महान उपन्यासको सूचीमा भएका ८ उपन्यासमध्ये यो पनि एउटा हो ।

यो पुस्तक बेलायतमा ‘द डिलान थोमस प्राइज’, अमेरिकामा ‘द स्टोरी प्राइज’का लागि पनि सर्टलिस्टमा परेको थियो । दक्षिण अफ्रिकाको ओप्राह बुक क्लवका पनि यसले स्थान बनाएको थियो । ‘ल्याण्ड ह्वेर आइ फ्ली’ विश्वका विभिन्न स्थानमा बसिरहेका ४ नेपाली–भारतीय दाजुभाइ र दिदीबहिनीहरुको कथा हो जो आफ्नो हजुरआमाको ८४ औं जन्मदिनका लागि सिक्किमको गान्तोकमा जम्मा हुन्छन् ।

‘फर्स्ट नोवेल प्राइज’ एक फ्रेन्च र एक विदेशी लेखकलाई दिइन्छ । यो पुरस्कारको घोषणा आगामी अक्टोबर २६ मा हुँदैछ । पराजुलीको यसअघिको लघुकथा संग्रह ‘द गोर्खाज डटर’ (गोर्खालीकी छोरी) पनि अन्तइतै लोकप्रिय भएको थियो । मूल रुपमा अंग्रेजीमा लेखिएको यो कथा संग्रह बेस्ट सेलर बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *