बायर्नको लागि आगामी बर्ष धेरै चुनौतीपूर्ण : लेवान्डोव्स्की
काठमाडौं । जर्मन क्लब बायर्न म्यूनिखका स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले आगामी २०२०–२१ को सिजन टोलीका खेलाडीहरुको करियरकै सबैभन्दा चुनौतीपूर्ण सिजन हुने बताएका छन । किनभने उक्त सिजनमा खेलाडीहरुसँग बुन्देशलिगा, जर्मन कप र च्याम्पियन्स लिग जस्ता उपाधिहरु जोगाई राख्ने चुनौती रहेको छ । बार्यनले बुन्देशलिगाका अन्तर्गतको आफ्नो पहिलो खेल शुक्रवार शाल्के बिरुद्व खेल्दैछ ।
समाचार एजेन्सि सिन्हुआसँगको कुराकानीमा लेवान्डोव्स्कीले भने, “सबै टोलीहरु युरोपको शिर्ष टिमलाई पराजित गर्न आतुर रहेका छन । शिर्ष स्थानमा रहनु शिर्ष स्थानमा पुग्नु भन्दा पनि कठिन हो । हामीले मैदानको भित्र र बाहिर दुबै सम्भावित विवरणहरू विचार गर्नुपर्नेछ।”
उनले भने, “टोलीे पछिल्लो सफलता पुनः दोहोर्याउन प्रतिबद्ध रहेको छ । हामीले राम्रो गरेका छौं र सफलता प्राप्त गर्नलाई बिगतका गल्तीहरुलाई बिर्सनु पर्नेहुन्छ ।” टोलीले एक हप्ताको बिश्राम पछि हरेक दुई देखि तीन दिनमा खेलहरु खेल्नुपर्नेछ । पोल्यान्डका कप्तानले भने, “हामी सबैले आफ्नो करियरकै सबैभन्दा ठुलो चुनौतीको सामना गर्नुपर्नेछ । र हामी त्यो चुनौतीसँग लड्न तयार रहनुपर्नेछ ।”
च्याम्पियन्स लिगका टप स्कोरर लेवान्डोव्स्कीले भने, “एउटा राम्रो कुरा के हो भने जर्मन च्याम्पियनसँग यति धेरै युवा खेलाडीहरू छन् र तिनीहरू सबै आफूलाई प्रमाणित गर्न व्याकुल छन्। तपाइँहरुले यसलाई हरेक प्रशिक्षण सत्रमा महसुस गर्न सक्नुहुन्छ।”
बार्यन म्यूनिख स्ट्राइकरले भने, “हरेक बार्यन खेलाडीले आफ्नो अहंकार बिर्सदै होशियारीका साथ कार्य गर्नुपर्दछ, किनकि सबैलाई अब ब्रेक चाहिएको छ। टिमको सफलता सबै खेलाडीहरूको योगदानमा निर्भर गर्दछ।”
Facebook Comment