क्यान कार्यसमितिको बैठक असोज पहिलो साता हुने

डिसी नेपाल
३ असोज २०७७ १२:१६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले असोज ५ र ६ मा कार्यसमितिको बैठक गर्ने भएको छ । कोरोना भाइरसको महामारीका बीच पनि जनजीवन सामान्य भएपछि क्यानले असोजको पहिलो साता कार्यसमितिको बैठक गर्ने भएको हो । यसअघि भर्चुअलबाट नै कार्यसमितीको बैठक गर्ने योजनामा रहेको क्यानले अवस्था खुकुलो भएपछि काठमाडौं बाहिर बैठक गर्ने भएको हो । सो बैठकले क्यानको साधारण सभाको मिति तय गर्नेछ ।

क्यान स्रोतका अनुसार बैठक हुने निश्चित भएको र सो बैठकले साधारण सभाको मिति तय गर्ने जनाएको छ । क्यानमा नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन । जसका कारण २१ दिने सूचना निकालेर चाँडो भन्दा चाँडो साधारण सभा गर्ने योजनामा क्यान रहेको छ । क्यानले पछिल्लो पटक संघको आर्थिक तथा प्रशासनीक नियमावलीलाई परिमार्जन गर्ने तयारी गरेको छ ।

यसअघि विनयराज पाण्डे अध्यक्ष हुँदा बनाइएको आर्थिक तथा प्रशासनीक नियमावलीमा धेरै बुँदा परिवर्तन हुने र त्यसलाई अन्तिममा साधारणसभाबाट परिमार्जित बुँदालाई पास गरिने क्यान स्रोतले जनाएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *