म्यान्चेष्टर सिटिका सर्जिओ टोलिमा फर्किने अझै अनिश्चित

डिसी नेपाल
३ असोज २०७७ १२:४४

कामठमाडौं । म्यान्चेष्टर सिटिका स्ट्राइकर सर्जिओ अगुएरो प्रिमियर लिगको सुरुको दुई महिनासम्म सहभागी नहुने सम्भावना बढेको छ । बर्नली विरुद्धको गत् २२ जुनमा सम्पन्न खेलमा घुँडामा चोट लाग्दा अगुएरो बाहिरिन भएका थिए । सिटिको घरेलु प्रतियोगिताको अन्तिम दश खेलमा समेत आर्जेन्टिन खेलाडी अगुएरो सहभागी हुन पाएनन ।

सिटिका व्यवस्थापक पेप गार्डिओलाले आगामी नोभेम्बरसम्म पनि अगुएरो सञ्चो हुने सुनिश्चित हुन नसकेको बताए । अगुएरोको सट्टामा टोलिमा बोलाइएका गेब्रिएल जिससले १२ खेलमा पाँच गोल गरेका छन । गार्डिओलाका लागि विकल्पका रुपमा नयाँ अनुबन्धित फेरन टोरस पनि छन । यद्दपी उनी प्राथमिकतामा नपर्ने र रहिम स्टर्लिङलाई ‘फल्स नाइन’को भूमिकामा राखिने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *