आइपिएलको पहिलो खेलमा धोनीको दोहोरो शतक

डिसी नेपाल
४ असोज २०७७ ९:१६

काठमाडौं। चेन्नइ सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीले शनिबार भएको इण्डियन प्रिमियर लिगको पहिलो खेलमा दोहोरो शतक बनाएका छन् । यो खेल जित्दै धोनी आइपिएलमा १ सय खेल जित्ने पहिलो कप्तान बनेका छन् । आइपिएलमा १ सय खेल जित्ने खेलाडी धोनी यसअघि नै बनिसकेका थिए तर कप्तानको रुपमा उनले हिजो सयौं जीत हात पारेका हुन् ।

यसअघि २ वर्षसम्म चेन्नइ सुपरकिंग्स प्रतिबन्धमा पर्दा धोनी राइजिङ पुणे सुपरजाइन्टसमा थिए । त्यहाँ केही समय कप्तानी गरेका धोनी केही समय भने कप्तान थिएनन् । उनले केही खेल अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथको कप्तानीमा खेलेका थिए । स्मिथको कप्तानीमा खेलेका जीत गणना नहुँदा धोनी आइपिएलमा १०० खेल जित्ने कप्तान बन्न सकेका थिएनन् ।

यससँगै धोनीले आइपिएलका अर्को शतक पनि बनाएका छन् । धोनीले हिजोकै खेलमा विकेटकिपरको रुपमा विकेटपछाडि सयौं क्याच लिएका छन् । यससँगै धोनी विकेटकिपरको रुपमा सयौं क्याच लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि आइपिएलमा विकेटकिपरको रुपमा सय क्याच दिनेश कार्तिकले पूरा गरिसकेका छन् । कार्तिकले आइपिएलमा विकेटकिपरको रुपमा १०९ क्याच लिएका छन् । धोनीले हिजो क्रुणाल पंड्या र किरोन पोलार्डको क्याच लिएसँगै सय क्याच पूरा गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *