पहिलो खेलमा बेंगलोरको जित
काठमाडौं। आईपीएलको तेस्रो तथा आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ। दुबई रंगशालामा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको हो।
कुनै बेला जितको नजिक पुगेको हैदरावादले अन्तिममा लगातार विकेट गुमायो।
पहिला ब्याटिंग गर्दै बेंगलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ३ बलमा १५३ रनमा अलआउट भयो। बेंगलोरको जितमा युजवेन्द्र चहलले ३ तथा नवद्वी सैनी र शिवम दुबेले दुई दुई विकेट लिए। ब्याटिंगतर्फ बेंगलोरका एबीडी भिलर्सले ५१ रन बनाए भने डेब्यू गरेका देबदत्त पाडिकलले ५६ रनको योगदान दिए।
हैदरावादका लागि जोनी बेयरस्टोले ६१ रन बनाए पनि जितका लागि पर्याप्त भएन। उनलाई अरु ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। हैदरावादका लागि टी नटराजन, विजयशंकर र अधिषेक शर्माले एकएक विकेट लिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment