आईपीएलः दिल्लीले ब्याटिङ गर्ने, सन्दीप बाहिर

डिसी नेपाल
२३ कार्तिक २०७७ १९:३१
436
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज हुने दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले टस जितेर ब्याटिङ रोजेको छ। अबुधाबीमा हुने खेलमा सन्दीप लामिछाने आबद्ध दिल्लीले आज हैदरावादको सामना गर्दैछ।

आजको खेलमा पनि दिल्लीले सन्दीपलाई मौका दिएको छैन। जारी सिजनमा सन्दीपले एक खेल पनि खेल्न पाएका छैनन्। आज दिल्लीले टिममा दुई परिवर्तन गरेको छ। आज हुने खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ। आजको खेलमा विजयी हुने टिमले फाइनलमा मुम्बईको सामना गर्नेछ। दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो भने हैदरावादले इलिमिनेटरमा बेंगलोरलाई पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *