भ्यालेन्सियाको घरेलु मैदानमा रियाल मड्रिड पराजित

डिसी नेपाल
२५ कार्तिक २०७७ १०:४८
112
Shares

काठमाडौं । स्पेनिश फुटबल लिग ला लिगा अन्तर्गत सोमवार भएको खेलमा साविक विजेता रियाल मड्रिड पराजित भएको छ। भ्यालेन्सियाले आफ्नो घरेलु मैदानमा भएको खेलमा रियाललाई एकका विरुद्ध चार गोलले हराएको हो।

भ्यालेन्सियाको जितमा कार्लोस सोलरले ह्याट्रिक गरे। रियालकै रफाल भरानले आत्मघाती गोल गर्न पुगेपछि भ्यालेन्सिया ४–१ को स्थितिमा पुगेको हो । अंक तालिकाको चौथो स्थानमा रहेको रियालका लागि एकमात्र गोल करिम बेन्जेमाले गरेका हुन्। रियालले हालसम्म ८ खेल खेल्दा पाँचमा जित, एकमा बराबरी र दुईमा पराजय बेहोरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *