पाकिस्तानद्वारा टी–२० सिरिज ‘क्लीन स्वीप’

डिसी नेपाल
२५ कार्तिक २०७७ १९:३६
52
Shares

काठमाडौं । पाकिस्तानले जिम्बावेसँगको टी–२० सिरिज क्लीन स्वीप गरेको छ। आज भएको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली जिम्बावेलाई आठ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज क्लीन स्वीप गरेको हो। घरेलु टोलीले पहिलो खेलमा ६ तथा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो।

आज रावलपिण्डीमा भएको खेलमा जिम्बावेले दिएको १३० रनको लक्ष्य पाकिस्तानले मात्र १५.२ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। आजको खेलमा पास्तिानका अब्दुल्लाह शफिकले ४१ तथा खुश्दिल शाहले ३६ रन बनाएर नटआउट रहे। यस्तै हैदर अलीले २७ रन बनाउँदा फखर जमानले २१ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको जिम्बावेले ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । त्यसका लागि चामु चिभाभाले ३१ तथा डोनाल्ड त्रिपानोले २८ रन बनाए। पाकिस्तानका उस्मान कादिरले ४ तथा इमाद वासिमले २ विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *