मलेसियामा नेपालबाटै गएकी प्रेमिकाको हत्या गर्ने नेपाली युवकको पहिचान खुल्यो

डिसी नेपाल
२७ कार्तिक २०७७ १३:०५
55.7k
Shares

काठमाडौं। मलेसियामा एक नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ । ती युवक पनि नेपाली नै हुन् । डिसीनेपाललाई प्राप्त सूचनाअनुसार ती युवक गणेशबहादुर कार्की भएको बताइएको छ । उनको घर नेपालमा मुगा–६ धनकुटामा रहेको बताइएको छ ।

मलेसियाको केलाङस्थित एक नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेण्टमा काम गर्ने युवतीलाई उनका नेपाली प्रेमी कार्कीले हत्या गरेको खुलेको छ । आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको हो ।

युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ। केलाङस्थित नेपालीहरुले प्रेम सम्बन्धका कारण हत्या भएको बताएका छन्।

घटनास्थलमा पुगेको प्रहरीले हत्यापछि बेहोस भएका गणेशलाई अस्पताल पुर्याएको थियो र शवको मुचुल्का बनाएको थियो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *