यूएईमा अवैध आप्रबासीले कुनै जरिवाना र शुल्क नतिरी देश छाड्न पाउने म्याद थपियो

डिसी नेपाल
३ मंसिर २०७७ १०:२३

काठमाडौं। यूएईमा मार्च १ भन्दा अगाडि भिसा सकिएर अवैध रुपमा बसिरहेका विदेशहरुले अब यो वर्षको अन्त्यसम्म कुनै जरिवाना र शुल्क नतिरी देश छाड्न पाउनेछन् । यसअघि यूएई सरकारले यस्ता विदेशीलाई नोभेम्बर १७ सम्म बिना कुनै जरिवाना वा शुल्क देश छाड्न अवसर दिएको थियो । यो अवधिमा देश नछाड्नेहरु कारवाहीमा पर्ने भनिएकोमा मंगलबार यूएईको पहिचान र नागरिकतासम्बन्धी संघीय प्राधिकरणले म्यान थप गरेको हो ।

मेजर जनरल सइद रकान अल राशिदीले यो वर्षको अन्त्य अर्थात डिसेम्बर ३१ सम्मको लागि म्याद थप गरिएको बताएका छन् । ‘ओभरस्टेको उल्लंघन गरेकाहरुको लागि डिसेम्बर ३१ सम्म म्याद थप गरिएको छ’ उनले भने ‘२०२० मार्च १ भन्दा अघि यो नियम उल्लंघन गरेकाले यो अवधिमा देश छाड्न चाहेमा उनीहरुलाई कुनै पनि जरिवाना र शुल्क लाग्ने छैन ।’ यो नियम मार्च १ २०२० भन्दा अघि भिसाको म्यान सकिएपछि पनि युएइमा बसिरहेकाहरुको हकमा मात्र लागू हुनेछ र उनीहरुले बिना कुनै शुल्क युएइ छाड्न पाउनेछन् । बिना भिसा गैरकानुनी रुपमा यूएई प्रवेश गरेकाले भने यो सुविधा पाउने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *