एएनएमएको वार्षिक साधारण सभा सम्पन्न

डिसी नेपाल
१४ मंसिर २०७७ २३:५४
96
Shares

वाशिंगटन। एसोसिएसन अफ नेपालीज ईन मिड्वेस्ट अमेरिका (एएनएमए)कोे विशेष वार्षिक साधारण सभा सम्पन्न भएको छ। २८ नोभेम्बरमा साधारण सभा भर्चुअल माध्यबाट सम्पन्न भएको हो। संस्थाका अध्यक्ष डा. दिवाकर दाहालको अध्यक्षतामा साधारण सभा भएको हो।

साभामा अध्यक्ष डा. दाहालले स्वागत मन्तव्य राख्दै सभाको उद्देश्यमाथि प्रकाश पारेका थिए। सभा सञ्चालन महासचिब डा. ओम दाहालले गरेका थिए। उनले सभामा एजेण्डासमेत प्रस्तुत गरेका थिए। विशेष साधारण सभामा संस्थाका संस्थापकहरू, आजीवन सदस्यहरू, ट्रस्टीज़, साधारण सदस्यहरू, सल्लाहकारहरू, वर्तमान तथा पूर्वकार्यसमितिका पदाधिकारीहरू,विभिन्न संघ संस्थाका पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो। सभाले महासचिवले पेश गरेको संस्थाको विधान संशोधन प्रस्तावसमेत पारित गरेको छ।

संस्थाका मीडिया कोऑर्डिनेटर खेम पाठकले संस्थाले यो कार्यकालदेखी पुनःप्रकाशन गर्न लाग़ेको एन्मा अनलाइन न्यूज़लेटरको पहिलो अंकको बारेमा प्रकाश पारे। उनले न्युज लेटर प्रकाशनमा सहयोग गर्ने सबै महानुभावलाई धन्यावादसमेत दिए।

विशेष साधारण सभामा वक्ताहरूले संस्थाको नयाँ कार्यसमितिलाई धन्यबाद तथा शुभकामना ब्यक्त गरेका थिए। एन्माले मिड्वेस्टमुखी कार्यक्रम हरूलाई प्राथमिकता दिनुपर्ने, अमेरिकाभर रहेक़ा नेपाली तथा नेपाली ऑर्गनिज़ेशनहरूसंग समन्वय गरी राष्ट्रियस्तरका कार्यक्रमहरू गर्नुपर्ने, नेपाली भाषा, संस्कृति जगेर्ना गर्ने तथा नयाँ पुस्ताका लागि पनि एन्माले कार्यक्रमहरू ल्याउनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *