मोहम्मद शमी अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजबाट बाहिरिए

डिसी नेपाल
५ पुष २०७७ १९:१९
60
Shares

काठमाडौं । भारतीय तीव्र गतिका बलर मोहम्मद शमी अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजबाट बाहिरिएका छन् । उनको दायाँ हातमा चोट लागेका कारण बाँकी दुई टेष्टबाट बाहिरिएका हुन् ।

शनिबार पहिलो टेष्टको दोस्रो पारीमा ब्याटिङ गर्दा उनको हातमा बलले लागेको थियो । एडिलेडमा भएका खेलमा अन्तिम विकेटका लागि ब्याटिङ गर्न आएका उनी चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । उनको हात फ्य्राक्चर भएको बताइएको छ । शनिबार नै उनको हातको स्कान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.