प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश महिला टोलीको घोषणा

डिसी नेपाल
६ पुष २०७७ १९:२५
104
Shares

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत दाङको लमहीमा हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश महिला टोलीको घोषणा गरिएको छ । शिला रेग्मीको कप्तानीमा घोषणा गरिएको टोलीका अन्य सदस्यहरुमा सिमना केसि (उपकप्तान), अलिशा लामिछाने, श्रृष्टि पौडेल, श्रृजना पौडेल, ज्योतसिंका मरासैनी, सोनिया थापा (विकेट किपर), पूर्णता शाही, प्रमिला बानिया, गंगा लुयेली, कुशुम गोदार, अन्जली बिक, अम्रिता वाग्ले र बिन्दु थापा मगर रहेकी छिन ।

प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले आफ्नो पहिलो खेल पुष १४ गते सुदुर पश्चिम प्रदेश बिरुद्व खेल्नेछ । प्रतियोगितामा प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र बिभागिय टोली सशस्त्र प्रहरीको टोलीले सहभागिता रहने छ । पुष ११ बाट सुरुहुने प्रतियोगिताको फाईनल खेल पुष १९ गते हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *