खेल संघहरुको वर्गीकरण हुन्छः मन्त्री विश्वकर्मा
काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (बिश्वकर्मा)ले खेल संघको बर्गिकरण हुने बताएका छन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल बर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने बताए । राखेपका उपाध्यक्ष शिव कोईरालाले ब्यक्ती एउटा दायित्व धेरै भएको संघमा पाईएकोले अब त्यो प्रथाको अन्त्य हुने बताए । संघ विबाद सामाधन समितिका संयोजक समेत रहेका उपाध्यक्ष कोईरालाले भने, “संघ धेरै भएर राज्यले धान्न नसकेको होईन्, कतिपए संघले गर्ने क्रियाकलापबाट खेलकुद बदनाम हुदै आएको छ अब यस्तो परिपाटी चल्दैन ।”
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउदै गरेका बताउदै भने, “नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखी परिषद्ले पुष महिना भर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २/२ दिने कार्यक्रमको आयोजना गदैछौ । प्रदेशका खेलकर्मी,खेलाडी,प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिनेछ ।” सदस्य सचिवले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति मागि रहेको जानकारी गराउदै भने, “कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुदै जाने छन् ।”
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराए । सो अवसरमा लगभग ८० संघका प्रतिनिधिको सहभागिता रहेको थिए । धेरै जसो संघहरुले आगमि नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समाबेश गरिनु पर्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रमका राखेप सदस्यहरु,बिभागिय प्रमुखहरु,प्रशिक्षक,कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।







डिसी नेपाल








Facebook Comment