न्युजिल्यान्ड बिरुद्वको पहिलो टेस्टबाट बाबर र ईमाम बाहिर
काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजम र ओपनर ब्याटसम्यान इमाम उल हक न्युजिल्यान्ड बिरुद्वको पहिलो टेस्टबाट बाहिरिएका छन । चोटका कारण दुबै खेलाडीहरु बाहिरिए पछि उनीहरुको ठाउमा इमरान बटलाई १७ सदस्यीय टोलीमा स्थान दिईएको छ । पाकिस्तान र न्युजिल्यान्ड बीचको पहिलो टेस्ट २६ डिसेम्बरबाट सुरु हुनेछ ।
दायाँ हातको औलामा चोट लागेका कारण बाबर आजमलाई बाहिर राखिएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ । इमाम उल हक पनि बायाँ हातको औलामा चोट लागेर टोलीबाट बाहिरिएका हुन । उनले गत हप्ता क्विन्सटाउनमा प्रशिक्षणको क्रममा चोट बोकेका थिए । पिसिबीका अनुसार यी दुबै खेलाडीहरुले अहिले सम्म नेटमा अभ्यास गर्न सकेका छैनन र दुइटै खेलाडीहरु मेडिकल टोलीको निगरानीमा रहेका छन । बाबरको अनुपस्थितिमा विकेट किपर मोहम्मद रिजवानले पाकिस्तानी टोलीको अगुवाई गर्नेछन । अगुवाई गर्ने क्रममा उनी टेस्ट क्रिकेटमा पाकिस्तानको ३३ औं कप्तान बन्ने छन । यसअघि पाकिस्तानले खराब सुरुवातका साथ न्युजिल्यान्ड भ्रमण सुरु गरेको छ । टोलीले ३ खेलको टि–२० सिरिज २–० ले गुमाएको छ । पाकिस्तान र न्युजिल्यान्ड बिरुद्वको अन्तिम टि–२० खेल मंगलवार नेपाली समय अनुसार बिहान ११.४५ मा सुरु हुनेछ ।







डिसी नेपाल








Facebook Comment