महान फुटबलर पेलेलाई उछिन्दै मेस्सीले बनाए विश्वरेकर्ड
काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले महान ब्राजिलियन फुटबलर पेलेलाई उछिन्दै नयाँ विश्वरेकर्ड कायम गरेका छन् । मेस्सीले एउटै क्लवको लागि सर्वाधिक गोलको पेलेको सर्वकालीन रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका हुन् ।
गएराती भएको ला लिगा अन्तर्गतको खेलमा मेस्सीले रियल भालाडोलिडविरुद्ध गोल गर्दै बार्सिलोनाको लागि ६ सय ४४ औं गोल गरेका छन् । रोचक त के भने भालाडोलिडका मालिक ब्राजिलका अर्का सुपरस्टार रोनाल्डो हुन् ।
View this post on Instagram
पेलेले आफ्नो पूरै करिअरमा एउटै क्लवका लागि ६ सय ४३ गोल गरेका थिए । पेलेले ब्राजिलियन क्लव सान्तोसका लागि यी गोल गरेका थिए । गएराती भएको खेलमा मेस्सीले ६५ औं मिनेटमा बार्सिलोनाका लागि ६ सय ४४ औं गोल गर्दै पेलेलाई उछिनेका हुन् । मेस्सीले केही दिनअघि भ्यालेन्सियाविरुद्धको खेलमा पेलेको रेकर्ड बराबरी गरेका थिए ।







डिसी नेपाल








Facebook Comment