पाकिस्तानी विकेटकीपर मोहम्मद रिजवानले बनाए टी–२० मा किर्तिमान

डिसी नेपाल
८ पुष २०७७ १५:५१
244
Shares

काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । पाकिस्तानको जितमा मोहम्मद रिजवान शानदार ब्याटिङ गर्दै ८९ रन बनाएर आउट भए । रिजवानसँगै मोहम्मद हफिजले पनि शानदार ४१ रन बनाउदा इफ्तिखार अहमदले ७ बलमा १४ रन बनाए । खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर १७३ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डेवोन कोनवेले सर्वाधिक ६३ रन बनाएका थिए । हारसँगै न्युजिल्यान्डले सिरिज २–१ ले जित्न सफल भएको छ ।

खेलमा पाकिस्तानका विकेटकीपर मोहम्मद रिजवानले आफ्नो नाममा किर्तिमान बनाउन सफल भएका छन । रिजवान टी–२० क्रिकेटको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका लागि सर्वाधिक रन बनाउने ब्याटसम्यान तथा विकेटकीपर बनेका छन । उनले पाकिस्तानी खेलाडी सरफराज अहमदको किर्तिमान बराबरी गरेका छन । सरफराजले स्कटल्यान्ड बिरुद्वको खेलमा ८९ रनको अविजित पारी खेलेका थिए । यसअघि टिम सेफ़र्टले विकेटकीपर तथा ब्याटसम्यानको रुपमा ८४ रनको अविजित पारी खेलेका थिए । न्युजील्यान्ड टोलीले टी–२० सीरीज २–० ले जित्न सफल भएको छ। यसअघि भएको टी–२० मा न्युजिल्यान्डले पाकिस्तानलाई ५ विकेट र ९ विकेटले पराजित गरेको थियो। अन्तिम टी–२० मा केन विलियमसनले पुनरागमन गरेका थिए तर उनी मात्र १ रन बनाएर आउट भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.