टी टेन लीगमा नेपालका तीन क्रिकेटर अनुबन्धित, तर सन्दीपलाई कसैले किनेन
काठमाडौं। युएईको आबुधावीमा हुने टी १० क्रिकेट लीगका लागि नेपालबाट १२ खेलाडीहरुले ड्राफ्टका लागि नाम दर्ता गराएकोमा तीनजना खेलाडीमात्र विक्री भएका छन्। नाम दर्ता गराएका मध्ये पाँच खेलाडी ड्राफ्टमा परेका थिए।
फास्टबलर सोमपाल कामी, अर्का बलर करण केसी र अलराउण्डर कुशल मल्ललाई फेन्चाइजीले किनेपछि यो सिजनको टी टेन लीगमा तीनजना नेपाली क्रिकेटरले खेल्ने भएका छन्। ड्राफ्टमा पर्ने खेलाडीमा सोमपाल कामी, करण केसी, दिपेन्द्र ऐरी, कुशल मल्ल रहेका थिए।
सोमपाल कामीलाई मराठा अरबियन्सले अनुबन्धन गरेको छ। यस्तै कुशल मल्ललाई टिम अबुधाबीले किनेको छ। नेपालका पूर्व कप्तान पारस खड्का हाल टिम अबुधाबीको मेन्टरको भूमिकामा छन्। यस्तै करण केसीलाई पूर्णे डेभिल्सले आफ्नो टिममा समावेस गरेको हो।
तर, आश्चार्यजनक रुपमा नेपाली स्पीनर सन्दीप लामिछानेलाई भने कुनै पनि टिमले चासो दिएनन्। सन्दीप हाल बिग बास लीग खेल्न अस्ट्रेलिया गएका छन्।
नेपाली खेलाडीहरु टी टेन लीगमा अनुबन्ध भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत बधाईसमेत दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment