अस्ट्रेलियामा पाँच हजारबढी नेपालीले पाए स्थायी भिषा

डिसी नेपाल
१० पुष २०७७ १६:३१
1.1k
Shares

काठमाडौं। अस्ट्रेलियामा यस वर्ष पाँच हजारभन्दा बढी नेपाली नागरिकले पीआर(स्थायी भिषा) पाएका छन्।

अध्यागमन विभागको वार्षिक प्रतिवेदन अनुसार सन् २०१९–२० मा संघीय सरकारको वार्षिक आप्रवासी कार्यक्रम अनुसार यस वर्ष पाँच हजार ४८ नेपालीले पीआर पाएका हुन्।

जसमा चार हजार छ सय ६६ जना नेपालीले दक्ष आप्रवासी कार्यक्रम अनुरूप पीआर पाएका हुन भने तीन सय ८२ जनाले पार्टनर तथा बालबालिकाका रूपमा स्थायी भिषा पाएको हुन्।

पछिल्लो तथ्यांकअनुसार, नेपाल २०१९–२० मा छैठौं स्थानमा उक्लिएको हो। पहिलो पाँच राष्ट्रमा चीन, भारत, संयुक्त अधिराज्य, फिलिपिन्स र भियतनाम छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *