भारतमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस, ६ जना संक्रमित

डिसी नेपाल
१४ पुष २०७७ ११:२८
364
Shares

काठमाडौं। बेलयातबाट आएका ६ जनाको स्वांब संकलन गर्दा भारतमा नयाँ स्वरुपको कोरोनाका फेला परेकाे छ। भारतीय संचार माध्यामका अनुसार अहिलेसम्म नयाँ स्ट्रेनकाे काेराेना भाइरसबाट ६ जना संक्रमित भएकाे पुष्टि भएकाे छ।भारतका विभिन्न शरहमा बेलायतबाट आएकाहरूकाे परीक्षणा गर्दा छ जनामा नयाँ  स्वरूपकाे काेरोनको नयाँ भाइरस देखिएको हो।

भारतीय संचार माध्यामका अनुसार मंगलबार सार्वजनिक रिपोर्टमा नयाँ स्ट्रेनको कोरोना भइरस देखिएको जानकारी गराइएको छ। यूकेबाट फर्केका उनीहरु ३ जना बेङ्लोर, २ जना हैदराबाद र १ जना पुने शरहका बासिन्दा हुन्।

जानकारी अनुसार २५ नोबेम्बरदेखि २३ डिसेम्बरसम्म युकेबाट करिव ३३ हजार जना भारत आएका छन्। उनीहरुमध्ये चेकजाँच गरेका १ सय १४ जनामा कोरोना पोजेटिभ भेटिएका थिए।

यिनीहरुमध्येका ६ जनामा कोरोनाको नयाँ स्ट्रेनको भाइरस पाइएको हो। उनीहरुलाई भारत सरकारले आइसोलेसनमा राखेको छ भने उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेको छ। र उनीहरु अरु कसको सम्पर्कमा आए भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

बेलामायतबाट फैलिन सुरु गरेको नयाँ स्ट्रेनको कोरोनाभाइरस ७० प्रतिसत छिटो फैलिनसक्ने बैज्ञानिकहरुले बताएका छन्। चाँडो फैलिने भएका कारण धेरै सतर्क रहन पनि अनुरोध गरिएको छ। यस्तै, वैज्ञानिकहरुका अनुसार भ्याक्सीन निर्माणमा नयाँ स्ट्रेनको भाइरसले फरक पार्ने छैन।

हाल भारतमा डिसेम्बर २३ देखि लागुहुने गरी ३१ डिसेम्बरसम्म युकेबाट आउने सबै उडानहरुमा रोक लगाइएको छ। लण्डनबाट फर्केकाहरुको टेस्ट गरिरहेको छ। नयाँ स्ट्रेनको जानकारी भएपछि राष्ट्रिय सुरक्षा समितिको बैठक बसेर अझै धेरै तयारी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.