पोर्चुगलमा नेपाली महिलालाई निःशुल्क सौन्दर्य तालिम
काठमाडौं। नेपाली समुदायका दिदीबहिनीलाई नेपाली महिला समाज पोर्चुगलले निःशुल्क सौन्दर्यसम्बन्धी तालिम सुरु गरेको छ। कोभिड–१९ का कारण रोजगार गुमाएका र नेपालबाट गएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नुको साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने उद्देश्यले सोमबारदेखि उक्त महिला समाजले तालिम सुरु गरेको हो।
एक महिनासम्म सञ्चालन हुने उक्त तालिममा पोर्चुगलको राजधानी लिस्बन क्षेत्रमा बसोबास गर्दै आएका १० नेपाली दिदीबहिनीको सहभागिता रहेको छ।
स्थापनाकालदेखि नै रचनात्मक एवं सिर्जनात्मक काममा सक्रिय नेपाली महिला समाजले समस्यामा परेका नेपालीलाई सहयोग, नेपाली संस्कृतिको प्रचारप्रसार, नेपालमा बालबालिका तथा महिलालाई आर्थिक सहयोग गर्दै आएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment