आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार

डिसी नेपाल
२७ पुष २०७७ ११:२९
60
Shares

काडमाडौं। पुरुषोत्तम सुनुवार नेपाल आदिवासी जनजाती महासंघ कतारको अध्यक्ष बनेका छन्। शिवकुमार भुजेलको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा सम्पन्न आठौं महाधिवेशनले अध्यक्षमा सुनुवारलाई चयन गरेको हो।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा भाइकाजी गुरुङ, प्रथम उपाध्यक्षमा रामकुमार मण्डल, द्वितीय उपाध्यक्षमा राजेन्द्र साम्याङ्खाम, महासचिवमा एकराज राई, उपमहासचिवमा धिरेन तामाङ र सचिवमा युवराज भुजेल चयन भएका छन्। हरि महतो कोषाध्यक्षमा र रविलाल ताजपुरिया सहकोषाध्यक्षमा चयन भएका छन्।

विभागीय सचिवहरुमा मिलन भुजेल, विवश मादेन लिम्बु, रामेश्वर मण्डल, आङ मिङ्मार शेर्पा, ओम कृष्ण तयाजु, घनश्याम चौधरीलगायत १९ जना संघीय परिषद सदस्यहरु निर्वाचित भएका छन्।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेफिन केन्द्रका विदेश विभाग प्रमुख गोबिन्द छन्त्याल, नेफिन कतारका प्रमुख सल्लाहकार देवराज राई, विशेष सल्लाहकार सियाराम चौधरी, संस्थापक तथा सल्लाहकार बिलबहादुर गुरुङ, सुकबहादुर तामाङ, सल्लाहकार सदस्यहरु एनआरएनए एनसीसी कतारका कार्यवाहक अध्यक्ष उत्तम गुरुङलगायतको सहभागिता थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *