एनआरएनए कतारले नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै

डिसी नेपाल
५ माघ २०७७ १३:२७
68
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। कतारमा कार्यरत नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कतारले आगामी जनवरी २२ देखि २८ सम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हो।

उक्त निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १५ जना इस्पेसियलिष्ट डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइलगायत स्वास्थ्य सेवाहरु प्रदान गरिने एनआरएनए, परिषद् कतारका महासचिव पदम गिरीले जनाए।

उनका अनुसार उक्त स्वास्थ्यसम्बन्धी कार्यक्रम एसियन मेडिकल सेन्टर, अल बाक्रामा २२ जनवरी अर्थात आगामी शुक्रबार दिनको ४ः०० बजेदेखि बेलुकी ९ बजेसम्म र २३ जनवरीदेखि २८ तारिखसम्म बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन गरिने छ।

साथै, परिषद् कतारले सबै नेपालीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिन समेत अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *