कतार भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

डिसी नेपाल
१५ कार्तिक २०७५ १६:००

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने औपचारिक कतार भ्रमण सकेर स्वदेश फर्किएकी छन्। गत सोमबार मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार गएकी राष्ट्रपति भण्डारी बिहीबार साँझ स्वदेश फर्किएकी हुन्।

राष्ट्रपतिको कतार भ्रमणबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिको औपचारिक कतार भ्रमण फलदायी भएको बताएका छन्। उनले भनेका छन् ‘विमानस्थल निर्माण, स्वच्छ पानी निर्यात र जलविद्युत निर्माणमा लगानी गर्न कतार सकारात्मक छ’।

राष्ट्रपतिको कतार भ्रमणका क्राममा नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ। नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ।

त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *