अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने ६० वर्षीय थापा पक्राउ

डिसी नेपाल
८ माघ २०७७ १५:५१
36
Shares

काठमाडौं। अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने ६० वर्षीय तुलसी थापा पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–७ मित्रपार्क चावहिल बस्ने संखुवासभा पाँचखपन गाउँपालिका–५ खमारे घर भएका थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी उनले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भीसा लगाई अमेरिका लैजान्छु भन्दै पीडितलाई विश्वास दिलाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौं दरबारमार्गबाट पक्राउ परेका उनले पीडितबाट उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीले उनीबाट अरु कोही ठगिएको भए कार्यालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ।

हाल पक्राउ परेका उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *