भारतमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या
काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत गुल्मी चन्द्रकोट नगरपालिका–७ का मदन भण्डारीले आत्महत्या गरेका छन्। चार्टर्ड एकाउन्टेन्टको अन्तिम वर्षका विद्यार्थी भण्डारीले आत्महत्या गरेको खबर गुल्मीकै गोपाल थापाले जानकारी गराएका हुन्।
उनका अनुसार मदनले सुसाइड गरेको जानकारी भारतीय प्रहरीले उनलाई तीन दिनअघि दिएको थियो। मदनका हजुरबुवा यज्ञमूर्ति भण्डारीले नातिको अन्तिम संस्कार गर्न शव ल्याउन आफन्तसहितको समूह नयाँ दिल्ली जाने तयारीमा रहेको बताए।
मदन शवको गुल्मीस्थित घरमा ल्याउन अझै केही दिन लाग्ने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment