नेपालमा काेराेनाकाे एक वर्ष : तुलनात्मक रूपमा क्षति कम, जाेखिम कायमै

तर्कबहादुर थापा
११ माघ २०७७ ७:३५

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित भेटिएको १ वर्ष पूरा भएकाे छ। गत वर्ष माघ १० गते चीनको हुवान युनिभर्सिटीमा अध्यायन गरी फर्किएका ३२ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पुष्टि भएको थियो।

पहिलोपटक कोरोना संक्रमित भेटिएको १ वर्षपछि नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म २ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन भने १ हजार ९ सय ९४ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १० गतेसम्मको तथ्याङ्कअनुसार २० लाख ३८ हजार ८ सय ४२ पीसीआर टेस्ट गरिएको छ। हालसम्म ३ हजार ४ सय ५२ जना आइसोलेसनमा छन भने १४७ जना क्वारेन्टाइनमा रहेका छन।

अझै १ वर्ष जोखिम  :

कोरोनाको संक्रमित भेटिएको १ वर्ष पुरा भए पनि आझै १ वर्ष जोखिम कायम रहेको जनस्वास्थ्य विज्ञको धारणा छ। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार महामारी कम्तिमा ३ वर्ष चलेको इतिहास छ।

डिसी नेपालसँग कुरा गर्दै डा. पाण्डेले भने, ‘सामान्यतः महामारी सुरु भएको ३ वर्षसम्म चलेको इतिहास छ। हामीले कोरोना महामारीलाई पनि अझै १ वर्ष जोखिम हुनसक्ने भनि हेरेका छौं।’

‘विश्वका धेरै देशहरुमा कोरोनाको दोश्रो चरण सुरु भएको छ। नेपालमा पनि त्यसको केही केसहरु सामुन्य आएका छन।’ डा. पाण्डेले भने, ‘हामी खोप आयो भनेर ढुक्क हुनु पर्ने अवस्था छैन। दोश्रो डोज खोप लगाएको पनि ७ दिनपछिमात्र एन्टीबडी निर्माण हुन्छ। त्यसैले त्यो बेलासम्म जोखिम छ।’

जनस्वास्थ्य विज्ञ डा. पाण्डेले मास्क र भौतिकदुरीको ख्याल गर्नु नै प्रभावकारी हुने बताए। उनले भने, ‘कोरोनाको चैन ब्रेकका लागि मास्क र भौतिकदुरी नै सबैभन्दा बढी प्रभावकारी मानिएका छन। अझै पनि हामीले मास्को नियमित प्रयोग र भौतिकदुरीलाई ख्याल गर्न विर्सन हुँदैन।’

पहिलोपटक कोरोना संक्रमित भेटिएको १ वर्षपछि नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म २ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन भने १ हजार ९ सय ९४ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ।

नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक प्रदर्शन, भेला, सभासमारोहका कारण दोश्रो चरणको संक्रमण फैलिए नियन्त्रणबाहिर जाने डा. पाण्डेको बुझाइछ। राजनीतिक खिचातानीका कारण जनस्वास्थ्यमा सरकार, राजनीतिकदल, नेता तथा कार्यकर्ताको ध्यान नगएको समेत उनले बताए।

७ हजार स्वास्थ्यकर्मी संक्रमित ११ जनाले ज्यान गुमाए

कोरोना महामारी फैलिएको १ वर्षसम्म ११ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार ७ हजार ७ सय ५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका थिए।

सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि लकडाउन लागु गरेको थियो। देशव्यापी लकडाउन साउन ६ गतेसम्म लागु गरिएको थियो। देशभरमा १ सय २० दिनसम्म लकडाउन गरियो भने त्यसपछि ठाउँठाउँमा निषेधाज्ञा गरिएको थियो।

कोरोनाबाट सबैभन्दा बढी काठमाडौं जिल्ला प्रभावित भएको छ। मन्त्रालयको तथ्याङ्कक अनुसार काठमाडौंमा सबैभन्दा बढी १ लाख ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थिये, भने सबैभन्दा कम मनाङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भयो।

उमेर अनुसार सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेरसमूहका व्यक्तिहरुमा कोरोना संक्रमण भेटिएको थियो। यस्तै ८० वर्षभन्दा बढीका व्यक्तिहरुको उमेर समूहमा सबैभन्दा कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो १ वर्षमा १ लाख ७५ हजार ३० जना पुरुषहरु कोरोनाबाट संक्रमित भए भने ९४ हजार १ सय ५० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ वर्षपछि खोप लगाइँदै

कोरोनाको पहिलो संक्रमित भेटिएको १ वर्षपछि नेपालले खोप प्राप्त गरेको छ। नेपालले भारतबाट १० लाख डोज कोरोनाको खोप अनुदानमा पाएको छ। अक्सफोर्ड युनिभर्सिटीसँगको सहकार्यमा स्वीडेनको कम्पनीले विकास गरेको खोप भारतको सिरम कम्पनीले उत्पादन गरी कोभिसिल्ड नामाकरण गरेको हो।

यो खोपलाई विश्वका २ दर्जन बढी देशले आपतकालिन प्रयोगमा अनुमति दिएका छन। नेपालले पनि कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो।

खोभिसिल्ड खोप नेपाल सरकारले माघ १४ गतेबाट लगाउने भएको छ। पहिलो फेजमा स्वास्थ्यकर्मीहरुलाई यो खोप दिइने छ। भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ।

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार ‘कोभिडशिल्ड’ खोप २ देखि ८ डिग्री ताफक्रममा राख्न मिल्छ। खोप लिएलगत्तै एक डोज प्रमाणीकरणको लागि औषधि व्यवस्था विभागमा पठाएर प्रमाणीकरण भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *