मलेसियास्थित टप ग्लभ्सले २१ हजार श्रमिकलाई कोरोनाविरुद्धको खोप लगाउँदै

डिसी नेपाल
१८ माघ २०७७ १४:०२
116
Shares

काठमाडौं। मलेसियामा रहेको मेडिकल पञ्जा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मानिने कम्पनी टप ग्लभ्सले आफ्नो कम्पनीमा काम गर्ने सम्पूर्ण श्रमिकहरुलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने बताएको छ।

त्यहाँको स्थानीय सञ्चार माध्यमहरुका अनुसार मलेसियाभरी ४५ वटा भन्दा बढी शाखा रहेको सो कम्पनीले आफ्नो स्वदेशी र विदेशी श्रमिकहरुलाई कोरोनाको खोप उपलब्ध हुने वित्तिकै लगाइने बताएको हो।

सो कम्पनीमा नेपाली कामदारको संख्या सबैभन्दा बढी छ । टप ग्लभ्सका कार्यकारी अध्यक्ष लीम वीई चाईले क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दिपक ढकाललाई सो बारेमा जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ।

उनले दूतावासलाई आफूहरुले कोभिडविरुद्धको खोपको प्रतिक्षा गरिरहेको र खोप आउने बित्तिकै आफ्नो कम्पनीका काम गर्ने २१ हजारभन्दा धेरै श्रमिकलाई खोप लगाउने बताए। लीमले विदेशी श्रमिकको कल्याणकारी कार्यमा कम्पनीले सक्दो ध्यान दिने गरेको बताए। एजेन्सी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *