एनआरएनए कोरिया र बुसान हस्पिटलबीच सम्झौता, उपचारमा नेपालीलाई छुट
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र बुसानस्थित बुसान सेन्ट्रल हस्पिटलबीच सम्झौता भएको छ। दक्षिण कोरियामा रहेका नेपालीको उपचारमा विशेष छुट गर्नेसम्बन्धी भएको उक्त समझदारीपत्र (एमओयू)मा मंगलबार (यही फेब्रुअरी ९)मा हस्ताक्षर भएको हो।
एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार अब त्यहाँ रहेका नेपालीले हाड जोर्नी र अंग प्रत्यारोपणमा दक्षिण कोरियामा परिचित सो अस्पतालमा उपचार गराउँदा १० देखि ३० प्रतिशतसम्म छुट पाउने छन्। हाड जोर्नी र औला काटेको, छिनेको जस्ता चोट पटकको उपचारका लागि यो अस्पताल राम्रो मानिन्छ।
एनआरएनए कोरियाको सदस्यता लिन इच्छुक नेपालीलाई निःशुल्क सदस्यताको व्यवस्था गरेको पनि सुवेदीले जनाएका छन्। यसका लागि कार्यालय सचिव वा पदाधिकारीसँग सम्पर्क गर्न सकिने उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment