केही स्थानमा हल्का वर्षा हिमपातको सम्भावना

डिसी नेपाल
११ फागुन २०७७ १२:२७
140
Shares

काठमाडाैं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

“उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन ”, उनले भनिन्। हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *