साउदीको लागि मागपत्र प्रमाणीकरण स्थगित
काठमाडौं। साउदीको लागि मागपत्र प्रमाणीकरणको कार्य केहि दिनका लागि स्थगित भएको छ। सोमबार साउदीस्थित नेपाली दूतावासले सूचनामार्फत केही दिनको लागि मागपत्र प्रमाणीकरण कार्य स्थगित गरिएको जानकारी गराएको हो।
प्रमाणीकरण भएर राजश्व भुक्तानी भइसकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ठ (अनलाइन) गर्नुपर्ने भएकाले मागपत्र प्रमाणीकरणको कार्य यहि २ देखि १० मार्चसम्मका लागि स्थगित गरिएको दूतावासले जनाएको छ।
साथै, मागपत्र प्रमाणीकरण भइसकेका तर राजश्व भुक्तानी गर्न बाँकी रहेका रोजगारदाता कम्पनीहरुले राजश्व भुक्तानी गरी आफ्ना प्रमाणीत कागजात लैजान दूतावासले अनुरोध गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment