नेपाल र ओमानबीच फोहोर व्यवस्थापनसम्बन्धमा छलफल

डिसी नेपाल
२१ फागुन २०७७ १५:१३
96
Shares

काठमाडौं। नेपालका सबै महानगरपालिका र ओमानको फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने एक सरकार कम्पनीबीच फोहोरमैला व्यवस्थापनबारे अनुभव आदानप्रदान भएको छ। ओमानस्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तरक्रियात्मक वेभिनारमा नेपालका ६ वटै महानगरपालिका(काठमाडौं, पोखरा, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर) र ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको सरकारी कम्पनी अल वियाबीच फोहोर व्यवस्थापनका चुनौती र अनुभवको आदानप्रदान भएको हो।

वेभिनारमा ओमानका तर्फबाट इन्जिनियर खामिस अल सियाबीले ओमानले वैज्ञानिक फोहोर व्यवस्थापनका लागि अवलम्बन गर्दै आएको अभ्यास र अनुभव प्रस्तुत गरेका थिए भने नेपालका ६ वटै महानगरपालिकाका तर्फबाट इन्जिनियरहरुले फोहोर व्यवस्थापनका क्षेत्रमा विद्यमान अभ्यास र भविष्यका रणनीतिका सम्बन्धमा चर्चा गरेका थिए।

कार्यक्रममा ललितपुर महनगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले देश र शहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा यस्ता वेभिनारबाट सरोकारवालाहरुको क्षमता अभिवृद्धि हुने बताए भने अल वियाका कार्यकारी उपाध्यक्ष मोहम्मद सुलेमान अल हार्थीले फोहोर व्यवस्थापनका क्षेत्रमा कुनै पनि सुझाव र सहयोगका लागि आफूहरु तयार रहेको बताएका थिए।

सो अवसरमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले एकअर्काको अनुभव आदानप्रदान गर्न सहयोग हुने बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *