लकडाउनको एक वर्ष : काेराेना नियन्त्रण गर्न लकडाउन अन्तिम अस्त्र होइन

तर्कबहादुर थापा
११ चैत २०७७ ८:२२

काठमाडौं। आज चैत ११ गते। नेपालमा लकडाउन भएको १ वर्ष पूरा भयो। दुई जना मात्र कोरोनाका संक्रमित भेटिएका बेला सरकारले लकडाउनको घोषणा गरेको थियो। करिव ४ महिनापछि साउनमा लकडाउन खुल्ला गरिएको थियो।

दुई जना कोरोनाका संक्रमित भेटिएर गरिएको लकडाउन १८ हजार संक्रमित पुग्दा खुल्ला गरियो। जनस्वाथ्यविद्का अनुसार नेपालमा लकडाउन अर्थपूर्ण भएन। लकडाउन खुल्ला गरेपछि नेपालमा कोरोनाको ग्राफ निरन्तर बढ्यो। भदौ, असोज र कात्तिक महिनामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुग्यो।

नेपाल सरकारकाको तथ्यांक अनुसार कोरोनाबाट हालसम्म २ लाख ७६ हजार २ सय ४४ जना कोरोनाबाट संक्रमित भएका छन्। २ लाख ७२ हजार ९७ जना निको भएका छन्। यो तथ्यांकअनुसार ९८.४९ प्रतिशत कोरोनाका संक्रमितहरु निको भएको पाइन्छ।

हालसम्म करिव १.०९ प्रतिशतले ज्यान गुमाए। यो प्रतिशतलाई संख्यामा भन्दा ३ हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। विश्वको शक्तिशाली राष्ट्रहरुले कोरोनाबाट ठूलो जनधनको क्षति गरिरहेका बेला नेपालले कोरोनाबाट ठूलो क्षति बेहोर्नु परेन।

हालसम्म करिव १.०९ प्रतिशतले ज्यान गुमाए। यो प्रतिशतलाई संख्यामा भन्दा ३ हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। विश्वको शक्तिशाली राष्ट्रहरुले कोरोनाबाट ठूलो जनधनको क्षति गरिरहेका बेला नेपालले कोरोनाबाट ठूलो क्षति बेहोर्नु परेन।

सरकारले ठूलो क्षेति बेहोर्नु नपरे पनि नेपालमा कोरोनाको व्यवस्थापनमा कमजोरी भएको विज्ञहरुको तर्क रहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्र टेकुका निर्देशक डा. सागर राजभण्डारी लकडाउन नै कोरोनाको अन्तिम विकल्प नभएको बताउँछन्। डिसी नेपालसँग कुरा गर्दै डा. राजभण्डारीले भने, ‘कोरोना परिवर्तनका लागि हाम्रो बानी बेहोराले नै मुख्य भूमिका खेल्छ। हामीले गर्ने क्रियाकलापबाट नै कोरोनाको जालोबाट बाहिर हुन सक्छौं।’

डा. राजभण्डारीले विगत १ वर्षबाट धेरै कुरा सिकेको बताएका छन्। ‘हामीले धेरै कुरा सिक्यौं,’ उनले भने, ‘अब पहिलाको गल्तिहरु दोहोरिनु हुँदैन। स्थानीय सरकारले केन्द्र सरकारको मुख ताक्ने। केन्द्रले स्थानीय सरकारले गर्नुपर्छ भन्ने गर्नु हुदैन। हामीले १ वर्षको सिकाईलाई कार्यान्वयनमा ल्याउनु पर्छ।’

यस्तै जनस्वास्थ्यविद् डा. रवीनद्र पाण्डे पनि लकडाउन असफल टुल्स भएको बताउँछन्। डा. पाण्डेका अनुसार कोरोना सुरु भएपछि संसारका जतिसुकै देशहरुमा लकडाउन गरियो कहीँ पनि सफल भएको छैन। नेपालमा पनि लकडाउन असफल टुल्स सावित भएको छ।

विज्ञहरुका अनुसार भौतिकदुरी कायम गरिनु, मास्कको अनिवार्य प्रयोग गरिनु, खोक्दा तथा हाछ्युँ गर्दा नाकमुख छोपेर गरिनु, हात धुने बानीको विकास हुनु नै कोरोनाको चेनब्रेकका प्रभावकारी उपाय हुन्।

डाक्टहरु राजभण्डारी र पाण्डेका अनुसार लकडाउन अन्तिम अस्त्र होइन। स्वास्थ्यका मापदण्ड र जनचेतनालाई नै सरकारले मुख्य टुल्सका रुपमा प्रयोग गरेमा आगामी दिनमा कोरोनाबाट हुने क्षति कम गर्न सकिन्छ।

खोप लगाए पनि ढुक्क हुन सक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ। डा.राजभण्डारीले भने, ‘खोप लगाएको २ हप्तामा कोरोना संक्रमित भेटेका छौं। हामीले खोप लगायौं भनेर स्वास्थ्यका मापदण्डहरु पालना गर्न छोड्यौं भने अझै ठूलो संकटका नजिक छौं भन्ने बुझ्नु पर्छ।’

सरकारको तथ्यांकअनुसार १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। मंगलबार मात्र १ सय ८८ जना संक्रमित थपिएका छन् भने ७७ जना डिस्चार्ज भएका छन्।

‘केहीदिन पहिलासम्म आइसीयूमा कोरोनाको विरामी नै हुनुहुन्थेन,’ डा. राजभण्डारीले भने, ‘अब त शान्तिको श्वास फेर्ने दिन आए भन्ने सोचेका थियौं। एकपछि अर्को गर्दै अहिले ७ जना विरामी आइसीयूमा हुनुहुन्छ।’

नेपाल कोरोनाको संक्रमितका आधारमा विश्वको ५०औं स्थानमा पर्छ। नेपालभन्दा अगाडि ४९ देशमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दो छ। भारतमा मात्र गत केही दिन यता करिव ५० हजारका दरले संक्रमितको संख्या बढी रहेको छ। यो दोस्रो चरणको र नयाँ प्रजातिको कोरोना भाइरस भएको विज्ञहरुको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *