सञ्चारमन्त्रीद्वारा हिम आरोहीलाई बिदाइ

डिसी नेपाल
२ वैशाख २०७८ १८:३०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई आज बिदाइ गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर सो टोलीलाई बिदाइ गरे ।

दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण गर्नेछन् । आरोहीको तीन वर्षभित्र सातै हिम आरोहण गर्ने योजना छ । सो अवसरमा सरकारका प्रवक्ता गुरुङले आरोहण सफल बनाउन मन्त्रालयले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *